सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७८ जेठ २३, ०३:११ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा प्रहरीले झण्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

जिल्लाको वेदकोट नगरपालिका -९ सुन्दरपुर र बेलौरी नगरपालिका -६ हात्तीबोझाबाट एक लाख ७६ हजार आठ सय २० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको प्रहरीले बताएको छ।

भारतबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका लेडिज सुट, स्टिलको फरुवा, फलामको फरुवा, डीएपी मलखाद, प्लास्टिकको थैली र नम्बर प्लेट नभएको एक थान मोटरसाइललगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस