सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसका दुई मन्त्री नियुक्त

२०७८ जेठ २३, १२:४५ खबर संवाददाता

सुर्खेत: कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लाका दीनबन्धु श्रेष्ठ र सुर्खेतका यज्ञबहादुर बीसीलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास र बीसीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त  गरिएको हो।  

मन्त्रीको शपथ दिउँसो २ बजे तोकिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए। 
 

कमेन्ट लोड गर्नुस