सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानवसेवा आश्रमलाई सहयोग

२०७८ जेठ २३, १२:३१ खबर संवाददाता

धनगढीः नमस्ते युवा क्लब बोराडाँडीले मानबसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ। 

क्लबका अध्यक्ष  प्रदिप  जोशी कोषाध्यक्ष विशेस्वर प्रसाद भट्ट र सदस्य तपराज भट्टले आश्रममै गएर खाद्यान्न सहयोग गरेको मानबसेवा आश्रमले जनाएको छ। उनले ८ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्। 

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर  १३ राजपुरका चेतराज कुवर र लक्ष्मी कुवरले आफ्नी  छोरी सदिक्षा कुवर को १२ औ जन्म दिनको अवसरमा ७ हजार ५ सय सहयोग गरेका छन।

यस्तै अध्ययनको क्रममा जापानमा रहेका भागगेश्वर गाउँपालिका वडा नम्बर २ रुपाल डडेल्धुराका भिम पाण्डेयले पनि  जन्म दिनको अवसर मा ५१ सय रुपैँया सहयोग गरेका छन्। 

यस्तै गेटाका व्यवसायी गोपाल बहादुर शाहीले पनि आफ्नो आज परेको जन्म दिनको अवसरमा आश्रमलाई १० हजार सहयोग गरेका छन्। 

यस्तै मेघा बैँक नेपाल लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझा र उनकी श्रीमती दुर्गा मिश्र ओझाले आफ्नो विवाह वर्षगाँठको अवसरमा १० हजार सयोग गरेका छन्।


 

कमेन्ट लोड गर्नुस