सुदूर नेपाललाई विश्वसँग जोड्दै

गलत गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्छुः नगर प्रमुख

२०७५ कार्तिक ७, १०:३१ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपवहादुर वडले गलत गर्ने कर्मचारीलाई तत्काल कार्वाही गरिने बताएका छन् । उप–महानगरपालिकाको वडा नम्ब १६ स्थित घुरही ग्रामीण विद्युत सहकारी संस्थाको १२ औं साधारण सभामा बोल्दै नगर प्रमुख वडले यस्तो बताएका हुन । कुनै पनि कर्मचारीले काम गर्दा पैसा लिने खोज्यो, पैसा नदिएका कारण काम गरेन भने कार्यालयमा गुनासो गर्नुहोला नगरप्रमुख वडले भने, ‘त्यस्ता कर्मचारीहरुलाई तपाईहरुले थाहा पाउन ेगरी कारवाही गरेर देखाउँछु ।
अहिले सबै वडाहरुमा विकास निर्माणको काम भैरहेको छ नगर प्रमुख वडले भने, ‘ति सबै योजनाहरुको अनुगमन, निरिक्षण नगरपालिकाले मात्रै गरेर सम्भव छैन । स्थानीयले आफ्नो योजनाको बारेमा चासो नदेखाएसम्म काम राम्रो नहुने बताए । कुनैपनि ठेकेदार उपभोक्ता समितिले कसरी काम गरिरहेको छ त्यसको निगरानी नागरिकले गर्नुपर्छ । योजनाका लागि बजेटको ब्यबस्था उप–महानगरपालिकाबाट भएपनि यो योजना मेरो हो भन्ने बुझाई स्थानीयमा नभएसम्म बन्ने योजना दिगो नहुने नगर प्रमुख वडले बताए । धनगढी उप–महानगरपालिका १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले विकास योजनाहरुमा स्थानीयहरुको अपनत्व हुनु आवश्यक भएको बताए । उनले भने,अहिले पनि जनताले नगरपालीकाकाको सडक, कल्वर्ट, ग्राभेल भनेर भन्दछन् यो नगरपालिकाको नभएर हाम्रो हो भन्न सक्नु पर्छ ।  
 

कमेन्ट लोड गर्नुस