सुदूर नेपाललाई विश्वसँग जोड्दै

राउटे युवतीलाई मदिरा सेवन गराई भिडिओ बनाउने ३ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २३, ११:२४ खबर संवाददाता

काठमाडौं : लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई मदिरा सेवन गराई भिडिओ बनाउने ३ जना सुर्खेतबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको  गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन्। 

उनीहरुले युवतीहरुलाई होटलमा लिएर मदिरा सेवन गराई भिडिओ बनाएका थिए। भिडिओ सामाजिक सञ्जालमा अपलोड भएको थियो।

भिडियोमा तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनाएको देखिन्छ। 

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस