सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

२०७८ जेठ २२, ०८:५६ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। 

कैलाली वर्दगोरीया गाउँपालिकापा वडा नंम्बर १ कट्टिपुर बस्ने २५ वर्षिय धिरेन्द्र बम र मुडा गाउँ बस्ने २४ वर्षिय डबल भुल भुललाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका वडा नंम्बर ०३ स्थित भजनी जोशीपुर सडक खण्डको जोडिपिपलमा कालो रंगको पल्सर मोटरसाईकललाई रोकि चेकजाँच गर्दा उनिहरुबाट ३० ग्राम लागुऔषध (खैरो हेरोईन)जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले बताएको छ।

लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

 
 

कमेन्ट लोड गर्नुस