सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७८ जेठ २२, ०७:५५ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। 

भारतको चम्पावत बनबासा बस्ने २० वर्षीय अमन चन्द पक्रउ परेको सशस्त्र प्रहरी कञ्चनपुरले जनाएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी मातहत बोर्डर आउट पोष्ट पशुपतिटोल र नेपाल प्रहरीको अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटीएको संयुक्त चेकप्वाईन्ट टोलीले उनलाई १५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

जिल्लाको  दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ मिलनचोकमा यूके ६ एई ९७८५ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनलाई संकाको आधारमा चेकजाँच गर्दा ब्राउन सुगर भेटीएको सशस्त्र प्रहरीले जनाएको छ।

ब्राउनसुगर र मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनलाई कारवाहीका लागि इलाका  प्रहरी कार्यालय दोधराचाँदनीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस