सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगान हिंसामा परी शनिबार १० तालिबान, ६ प्रहरी र ४ सैनिक मारिए

। फोटो स्रोत ।
२०७८ जेठ २२, ०७:१९ रासस

काबुल: अफगानिस्तानका विभिन्न स्थानमा शुक्रबार र शनिबार भएका कारबाही तथा आक्रमणमणका घटनाहरुमा परेर १० जना तालिबान लडाकू र अरु ९ जना सुरक्षाकर्मी मारिएका बताइएको छ।

अफगानिस्तानबाट प्राप्त समाचारमा यहाँको उत्तरी प्रान्त बाग्लानको प्रहरी चौकीमा तालिबान लडाकूहरुले हमला गरेका थिए । सो सशस्त्र हमलामा परी छ जना प्रहरी मारिएका छन्।

उनीहरु चौकीमा रहेका बेला प्रहरी माथि नै हमला भएको थियो । ठूलो संख्यामा आएका तालिबानहरुले यहाँको सो प्रहरी चौकीमा हमला गरेका थिए।

शनिबार भएको सो हमलामा परी मारिएका छ जनामध्ये दुई जना यहाँका दुई जिल्लाका प्रमुख प्रहरी रहेका बताइएको छ । सो हमलामा परी अरु सात जना प्रहरी घाइते भएका छन्।

त्यस चौकीमा हमला गरेर तालिवानहरु भागेका बताइएको छ। त्यसैगरी उत्तरी बादख्सान प्रान्तको आर्गाे जिल्लामा पनि ताबिलानहरुले थापेको एम्बुसमा परेर ४ जना सैनिक मारिएका छन्।

उनीहरुको सवारी नै सडकमा विछ्याइएको एम्बुसमा परेको थियो। त्यस क्रममा अरु ६ जना सैनिक घाइते पनि भएका छन्।

घाइते सैनिकको अवस्था गम्भीर रहेको सो प्रान्तका प्रान्तीय सैनिक प्रमुखले जानकारी दिएका छन्।

त्यसैगरी अफगानिस्तानको उत्तरी समागान प्रान्तमा यहाँको सेनाले गरेको कारबाहीमा परी १० जना ताबिलान लडाकूहरु मारिएको बताइएको छ।

उनीहरुलाई अफगान सेनाले हवाई कारबाही गरेको थियो। त्यसमा परी अरु कम्तीमा १० जना घाइते भएका पनि समाचारमा जनाइएको छ। 

कमेन्ट लोड गर्नुस