सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैत्रीपूर्ण खेलमा डीसीए पराजित

फोटो : अविनाश चौधरी
फोटो : अविनाश चौधरी
२०७५ कार्तिक ६, ०६:०२ खबर संवाददाता

भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को १७ वर्षमुनीको टोली मंगलवार आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ। मुम्वईको स्टार सीसी क्लबले डीसीएलाई नौ विकेटले पराजित गरेको हो। स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको डीसीएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै एक सय ५ रन बनायो। डीसीएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए।

कप्तान सुवोध ऐरले १६, सक्षम पार्कीले १५, सन्दिप आउजीले ८ रनको योगदान गरे। यस्तै, किरन नाथले ३ र निशान पन्तले १ रन जोडे। डीसीएका चार जना खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए। डीसीएलाई धेरै रन बनाउनबाट रोक्ने क्रममा स्टार सीसीका लेग स्पीनर लक्षले सर्वाधिक पाँच विकेट लिए। त्यस्तै, सुभम र अङ्कितले दुई÷दुई विकेट हात पारे। एक सय ६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको स्टार सीसीले १० दशमलव ३ ओभरमा एक विकेट गुमाएर सजिलै लक्ष्य पूरा ग¥यो। 

कमेन्ट लोड गर्नुस