सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडक्रसद्वारा सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य सामग्री वितरण

२०७८ जेठ २२, ०४:३५ खबर संवाददाता

कञ्चनपुर: नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोभिड–१९ को प्रतिकार्यका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ।

चाइना रेडक्रस फाउण्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशले ९ वटै जिल्लामा विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको प्रदेश कार्यसमितिका अध्यक्ष केशवदत्त पन्तले बताए।

उनका अनुसार ९ वटा जिल्लामा आवश्यकता र प्राथमिकता हेरेर स्वास्थ्य सामग्री वितरण  गरिएको छ। प्रदेशमा जम्मा ३ सय सेट व्यक्तिगत सुरक्षा सामग्री(पीपीई), १३ वटा अक्सिजन कन्सन्टेट्रर, ४ लाख थान मेडीकल मास्क, १० हजार थान एन ९५ मास्क, र १०० थान डेडबडी कभर वितरण गरिएको छ। 

रेडक्रसले सरकारी निकाय र आफ्ना शाखाहरुलाई छुट्टाछुट्टै रुपमा स्वास्थ्य सामग्री वितरण गरेको छ। जसमा सरकारी निकायमा ३ सय सेट व्यक्तिगत सुरक्षा सामग्री(पीपीई), १३ वटा अक्सिजन कन्सन्टेट्रर, १ लाख थान मेडिकल मास्क र १०० थान डेडबडी कभर वितरण गरिएको छ भने जिल्ला शाखाहरुलाई ३  लाख थान मास्क, १० हजार थान एन ९५ मास्क, वितरण गरिएको छ।

 प्रदेश कार्यालयले सबै जिल्लामा अक्सिजन कन्सन्टेट्रर वितरण गरेको छ। हरेक जिल्लामा १० हजार थान मेडिकल मास्क सरकारी निकायलाई वितरण गरेको छ।

कमेन्ट लोड गर्नुस