सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा भएको परीक्षणमा थप २२ जनामा कोरोना, धनगढीका एक जनाको मृत्यु

२०७८ जेठ २२, ०३:४५ खबर संवाददाता

धनगढीः शनिबार सेती प्रादेशिक अस्पतालमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

पछिल्लो २४ घण्टामा अस्पतालमा १८९ जनाको नमुना परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

जसमध्ये ६ पुरुष र ३ महिला गरी ९ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्। यस्तै धनगढी बाहेक कैलालीका १२ जना र अन्य जिल्लाका १ जनामा संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा ४९ जना संक्रमित उपचाररत छन्। १५ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा उपचाररत रहेको रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत १ जना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका– १३ का ८१ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
 

कमेन्ट लोड गर्नुस