सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा इन्जिनियर सुमनद्वारा ‘आइ केयर यू’लाई आर्थिक सहयोग

२०७८ जेठ २२, ११:०५ खबर संवाददाता

धनगढीः जन्मदिनको अवसरमा सडकमा छाडिएका जनावरहरुको उद्धार कार्य गर्दै आइरहेको ‘आइ केयर यू’लाई आर्थिक सहयोग गरिएको छ। 

कञ्चनपुरमा सञ्चालित उक्त अभियानमा शुक्रबार इन्जिनियर सुमन सिंह ठकुरीले ७ हजार सहयोग गरेका हुन्।

फिल्डको शिलशिलामा कञ्चनपुर पुग्दा आइ केयर यूको कामबाट प्रभावित भएर रकम सहयोग गरेका उनले बताए। ‘मान्छेहरु हजारौं रकमको पार्टी गरेर जन्मदिन मनाउँछन् तर यसरी केही रकम सेवा गरिरहेकालाई खर्च गर्दा खुसी मिल्दो रहेछ’ उनले भने। 

उक्त रकम सडकमा छाडिएका चौपायाको व्यवस्थापन तथा उपचारमा खर्च गरिने आइ केयर यूका अभियन्ता विष्णु पनेरुले बताए। 

आइ केयर युले कञ्चनपुरमा विगत केही समयदेखि अभियान थालेको छ। उनीहरु चोटपटक लागेका चौपायाको उद्धार मात्रै गर्दैनन् भोका जनावरलाई खाना खुवाउने काम समेत गर्छन्।
 

कमेन्ट लोड गर्नुस