सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ

२०७८ जेठ २२, ०८:५९ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका -१ भाँसीबाट म१प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका -१ का २४ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाल पक्राउ परेका प्रहरीले बताएको छ।

उनीहरुको साथमा ५.०५ ग्राम खैरो हिरोइन फेला परेको र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस