सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपप्रधानमन्त्रीहरुले लिए शपथ

। फोटो स्रोत ।
२०७८ जेठ २१, ०९:०६ खबर संवाददाता

काठमान्ण्डौँ: सरकारका तीन उपप्रधानमन्त्रीले शपथ ग्रहण गरेका छन्। 

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पौडेललाई अर्थ, महतोलाई शहरी विकास र महासेठलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मेवारी छ। 

जसपाबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री बनेका छन्। महासेठ यसअघि ओलीको पहिलो मन्त्रिमण्डलमा भौतिक पूर्वाधार मन्त्री थिए। 

कमेन्ट लोड गर्नुस