सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना विशेष अस्पताल बेलौरीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

२०७८ जेठ २१, ०८:३१ खबर संवाददाता

धनगढी: विवेकशील साझा पार्टी, बेलौरी नगर समितिले कोरोना विशेष अस्पताल बेलौरी कुण्डामा एक थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ। 

बेलौरी नगर संयोजक रतन बहादुर बुढाथोकी र नेता मेवारम चौधरीले संयुक्त रूपमा मेसिन हस्तान्तरण गरेका हुन्। 

कन्सेन्ट्रेटर खरिदका लागि विवेकशील साझा सदभाव समुह, डेनमार्क राष्ट्रिय समितिले आर्थिक सहयोग गरेको थियो। 

कोरोनाको दोश्रो लहरका बीच विवेकशील साझा सदभाव समूह अन्तराष्ट्रिय समितिले देशैभर खाद्यान्न, अतिआवश्यक सामग्री वितरण लगायत विभिन्न कार्य गर्दै आइरहेको छ। 

पार्टीको अन्तराष्ट्रिय समितिले “संकटमा साथ महा अभियान” सञ्चालन गरी सुबेक्षुक तथा सदस्यहरूबाट आर्थिक संकलन गरेर विभिन्न स्थानमा सहयोग गर्दै आइरहेको छ।
 

कमेन्ट लोड गर्नुस