सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालमा भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा

२०७८ जेठ २१, ०७:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको महाकाली अस्पतालले भेन्टिलेटरसहितको एम्बुलेस सेवा सुरु गरिएको छ। 

अस्पतालले शुक्रबार एक जना महिलालाई भेन्टिलेटरसहित एम्बुलेन्समा धनगढी रेफर गरेको हो। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ की ४२ वर्षीया महिला दिउँसो खाना खाने क्रममा एक्कासी बेहोस भएपछि उनलाई महाकाली अस्पतालमा लगिएको थियो। 

अस्पतालमा आईसीयू र शय्या खाली नभएपछि बेहोस अवस्थामै उनलाई भेन्टिलेटरसहितको एम्बुलेन्समा स्वास्थ्यकर्मीसहित धनगढी रेफर गरिएको कोभिड वार्ड प्रमुख डाक्टर गोविन्द रोकायाले दिनेशखबरलाई बताए। 

उनले दिनेशखबरसँग भने, “ती महिलालाई धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाएका छौँ। अवस्था अहिले ठीक छ।”

अहिलेसम्म देशमै कसैले पनि यस्तो सेवा नदिएको दाबी गर्दै उनले भने, “पहिलो पटक हामीले यस्तो सेवा दिन सफल भएका छौँ। पहिले अक्सिजन सहायतामा बिरामीलाई रेफर गर्नुपरे बाटोमै ज्यान जाने पनि हुन्थ्यो। तर अब यो सेवाले बिरामीलाई सहज हुनेछ। 
 

कमेन्ट लोड गर्नुस