सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालले आह्वान गरेकाे २ ‘टेण्डर’ रद्द

२०७८ जेठ २१, ०६:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महाकाली अस्पतालले अक्सिजन प्लान्ट खरिद गरी जडान गर्न र त्यसका लागि भवन निर्माण गर्न आह्वान गरेको दुई वटा बोलपत्र(टेण्डर) रद्द गरेको छ। 

शुक्रबार अस्पतालले एक सार्वजनिक सूचना जारी गरी ती बोलपत्र रद्द गरिएको जानकारी गराएको छ। 

अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न र त्यसका लागि भवन निर्माण गर्न जेठ ५ गते विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो। तर टेण्डर प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लागेपछि टेण्डर प्रक्रिया विवादित बनेको थियो।

सम्बन्धित समाचार :
महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रक्रियामै डेढ करोडको आर्थिक चलखेल

कमेन्ट लोड गर्नुस