सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० को कार्यालयमा तालाबन्दी

२०७८ जेठ २१, ०५:४९ खबर संवाददाता

कैलाली: कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० को कार्यालयमा तालाबन्दी गरिएको छ। शुक्रबार युवाहरुको संर्घष समितिले वडा कार्यालयमा तालाबन्दी गरेको हो। 

वडा अध्यक्षले आफुखुसी केहि व्यक्तिलाई वजेट विनियोजित गरी आफु अनुकुलका कार्यक्रम गर्दै आएको, वडाका सम्पूर्ण टोलमा विकासका कार्यक्रम गर्नुपर्छ भन्दै बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नगरेकोले आफुहरुले तालाबन्दी गरेको संर्घष समितिका एक सदस्यले बताएका छन्।

शुक्रबार नै संर्घष समितिले विज्ञप्तिमा जारी गर्दै २४घण्टे अल्टीमेटम दिएको छ। उक्त समय भित्र आफ्ना मागहरुको सुनुवाई नभए अन्य संर्घषका कार्यक्रमहरु अगाढी बढ्ने उनीहरुले बताएका छन्।

यस्ता छन् मागहरु:
१.आफ्ना आफन्तलाई योजना दिने कार्य बन्द गर्नुपर्ने
२. सबै टोलमा समानरुपले विकास गर्नुपर्ने
३. यो भन्दा अगाडि भएका उपभोक्ता समिति खारेज गर्नुपर्ने
४. सबै कर्मचारीहरु कार्यालयमा समयमै दैनिक रुपमा हाजिर हुनुपर्ने
५. असारे बजेट बन्द गर्नुपर्ने
६. सब विकासका कार्यक्रमको अनुगमन हुनुपर्ने
७. निमार्णाधिन मन्दिर खारेज हुनुपर्ने
 

कमेन्ट लोड गर्नुस