सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम संसदीय दल नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

२०७८ जेठ २१, ०२:५४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका छन्।

उनलाई पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोधिएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए।

त्यस्तै उनलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको छ।

ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो।

तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन। 

कमेन्ट लोड गर्नुस