सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब ११२० मै ग्याँस सिलिन्डर, चिनी ६३ रुपैयाँमा !

२०७८ जेठ २१, ११:३६ खबर संवाददाता

काठमाडौं: आजदेखि ग्याँससहितका खाद्य सामान २० प्रतिशत छ्ट मूल्यमा पाइने भएको छ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि २० प्रतिशत छुट मूल्यमा ग्याँस, चिनी, पिठो, तेल, नुनसहितका खाद्य सामग्री सर्वसाधारणलाई बिक्री वितरण गर्न लागेको हो।

तर काठमाडौं उपत्यकाका ३ ठाउँबाट मात्रै २० प्रतिशत छुटमा खाद्य तथा उपभोग्य सामग्रीहरुको बिक्री हुने भएको छ। सामानमा छुट पाउन नागरिकता बोकेर जानुपर्नेछ। प्रतिलिपीमा घरमा सदस्यको नाम र संख्या उल्लेख गरेर बुझाउनुपर्नेछ।

छुट पश्चात ग्यास प्रतिसिलिण्डर ११२०, चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, पिठो ४४ रुपैयाँ प्रतिकेजी, नुन १६ रुपैयाँ र भटमासको तेल १८८ रुपैयाँमा पाइने छ। चिनी, पिठो र नुन प्रति परिवारले २ केजीमात्र पाउनेछन्।

निषेधाज्ञा अवविभर काठमाडौं उपत्यकामा दिइने यस्तो छुट ग्यासमा एसटिसी सिलिण्डरमा मात्र पाइने छ। 
 

कमेन्ट लोड गर्नुस