सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ २१, ०७:३९ रासस

ओखलढुंगाः अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका –३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृत्यु भएको हो।

स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेसनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो। अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।

महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ। जिल्लामा यससहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस