सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७८ जेठ २०, १०:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। 

जिल्लाको भीमदत्त नगरपालिका १५ बस्ने २७  वर्षीय सुरेन्द्र चन्द शुन्य दशमलव ३६ ग्राम लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

प्रहरी टोलीले विषेश सूचनाको आधारमा खानतलासी गर्दा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। 

उनीविरूद्ध कानूनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

कमेन्ट लोड गर्नुस