सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारमा जाँदै कांग्रेस, २ मन्त्रालय पाउने

२०७८ जेठ २०, ०६:०२ खबर संवाददाता

सुर्खेत: कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेका छन्।

नेपाली कांग्रेसले दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।

गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी हुन लागेको हो।

दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए। 

सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय लिएर कांग्रेस सरकारमा जान लागेको हो।

कमेन्ट लोड गर्नुस