सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोल्न नसक्ने ९ वर्षीया बालिकामाथि बलात्कार

२०७८ जेठ २०, ०५:०२ खबर संवाददाता

काठमाडौं : शारीरिक रुपमा अशक्त एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इटहरीमा एक जना पक्राउ परेका छन्। 

मंगलबार एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरी ३ सुनौलो बस्तीका ६७ वर्षीय गाईने भन्ने भागिराज दमाई पक्राउ परेका हुन्। 

पक्राउ परेका बृद्धमाथि सुनसरी जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दा अन्तरगत म्याद थप गरी प्रहरीले अनुसन्धान बढाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए। 

ती बालिकाको आमा, बुवा समेत नरहेकाले उनी फुपूको घरमा बस्दै आएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस