सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नयाँ एसपी आभुषण तिमिल्सेना

२०७५ कार्तिक ६, ११:२९ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ प्रहरी उपरिक्षक (एसपी) आभुषण तिमिल्सेना आउने भएका छन् । प्रहरी नायव उपरिक्षक ( एसपी) विनोद घिमिरकोे सरुवा भएपछि तिमिल्सेना कैलाली आउने भएका हुन् । 
एसपी आभुषण तिमिल्सेना हाल प्रदेश नम्वर १ विराटनगरमा कार्यरत थिए । एसपी विनोद घिमिरे भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ । एसपी घिमिरेले आफ्नो कार्यकालमा विभिन्न अपराधिक घटनाहरुको अनुसन्धानमा सफल भएको कैलालीवासीको भनाई रहेको छ । 
आभुषण तिमिल्सेनाले स्याङ्जामा प्रहरी नायव उपरिक्षक रहँदा लागुपदार्थ मुक्त बनाउने अभियान चलाएका थिए । 
 

कमेन्ट लोड गर्नुस