सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा केही खुकुलो बनाएर पुनः लम्बियो निषेधाज्ञा

२०७८ जेठ २०, १०:२९ खबर संवाददाता

धनगढी: कैलालीमा जारी निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको हो।

जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म मात्र बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ। 

यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ। 

त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुने, त्यसैगरी अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा(बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस