सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिचीको दाना घाँटीमा अड्किदा कञ्चनपुरमा बालकको मृत्यु

२०७८ जेठ २०, ०८:०६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा एक बालकको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि उनलाई महाकाली अस्पताल लगिएको थियो। उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।
 

कमेन्ट लोड गर्नुस