सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मालाखेती अस्पताललाई ७ वटा अक्सिजन सिलिन्डर सहयोग

२०७८ जेठ २०, ०६:३० खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरिएको छ।

‘मानवका लागी मानवियता’ भन्ने मुल नाराका साथ जनता बचाउ सुप युवा सहयोग अभियानले बुधबार अस्पताललाई ७ थान अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो।

अस्पतालमा कोरोनाका संक्रमितहरुको सहज रुपमा उपचार होस भन्ने उद्देश्यले कोभिड– १९ आईसोलेशन वार्डमा आवश्यक पर्ने अक्सिजनसहित अन्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको निर्मल बिष्टले बताए। ‘नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना महामारीका बिच अक्सिजन अभावले गर्दा यहाँका धेरै नागरिकहरुले अकालमै ज्यान गुमाए’ उनले भने। ‘अक्सिजन अभावकै कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस भनेर अनलाईनमार्फत नै सबै साथीहरुको सहयोगले सामग्री हामीले अस्पताललाई सहयोग गरेका हौ,’ उनले थपे।

कोरोना महामारीका बिच विदेशमा रहेका आफ्ना साथीहरुको मुख्य सहयोगले आफुले अस्पताललाई उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए। ७ थान अक्सिजन सिलिन्डर, सेनिटाईजर (सानो) ४ बोतल, सेनिटाईजर (ठुलो) २५ लिटर, पिपिई सेट ५ थान, डिस्पोजल ग्लब्स २ सय जोडी, सर्जिकल मास्क १ हजार ७ सय ५० पिस र फेस सिल्ड ३० वटा अस्पताललाई सहयोग गरिएको थियो।

सहयोग गरिएको उक्त सामग्री अभियानका संयोजक निर्मल विष्टले गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिह साउँदलाई हस्तान्तरण गरेका थिए। नगरप्रमुख साउँदले युवाहरुले आफ्नो क्षेत्रका लागी गरेको सहयोग सह्रानिय रहेको बताए। युवाको भूमिकाले नै समाजले विकाशमा तिब्रता पाउने बताउदै उनले आगामी दिनहरुमा पनि समाजको हितका लागी कार्य गर्न आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस