सुदूर नेपाललाई विश्वसँग जोड्दै

नहरमा डुबेर बालिकाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १९, ०७:५२ रासस

दाङ: दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका—७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो।

बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

उनका अनुसार नुहाउने क्रममा उनी नहरमा डुबेकी हुन्। 

कमेन्ट लोड गर्नुस