सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपी साउँदले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री

२०७८ जेठ १९, ०७:१० खबर संवाददाता

कञ्चनपुर: नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामग्री पठाएका छन्।

कञ्चनपुरको क्षेत्र न २ का तीन ओटै स्थानीय तहलाई बुधबार पूर्वमन्त्री साउँदले स्वास्थ्य सामग्री उनका स्वकीय सचिव दिपक जोशीमार्फत पठाएका हुन्। 

साउँदले पठाएको २५ थान बेड, २५ थान पङखा, ३ हजार माक्स लगायतका स्वास्थ्य सामग्री कृष्णपुर, बेदकोट र शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरिएको जोशीले बताए।

कमेन्ट लोड गर्नुस