सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीद्वारा भन्सार छलिका सामान बरामद

२०७८ जेठ १९, ०५:३६ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुर प्रहरीले भन्सार छलेर ल्याइएका सामान बरामद गरेको छ। 

जिल्लाको बेल्डाडी गाउँपालिका–२ र बेलौरी नगरपालिका–९  स्थित भारतबाट भन्सार छली भित्र्याइएका सामाद बरामद गरिएको हो। 

अन्दाजी ७० हजार २ सय ६० बराबरका मलखाद, चिनी, सुर्ती लगायतका सामान बरामद गरी  आवश्यक कारवाहीका लागि बुधबार गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
  

कमेन्ट लोड गर्नुस