सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ व्यक्तिमा भेटियो बर्ड फ्लू ‘एच१०एन३’ भेरियन्ट

२०७८ जेठ १९, ०४:५३

काठमाडौं : चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ। 

चीनका ४१ वर्षीय पुरुषमा एच१०एन३ भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन।

जियाङ्सु प्रान्तमा बस्ने यी व्यक्तिमा अघिल्लो हप्ता संक्रमणको पहिचान भएको थियो। हाल उनी उपचारपछि निको हुने   क्रममा छन् र उनलाई चाँडै नै अस्पतालबाट डिस्चार्ज गरिनेछ।

बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन। अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन।

कमेन्ट लोड गर्नुस