सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियाे

२०७८ जेठ १९, ०४:३७ खबर संवाददाता

काठमाडौँ: उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ। अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

कमेन्ट लोड गर्नुस