सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीबाटै कुटिए अस्पतालका स्वास्थ्यकर्मी

२०७८ जेठ १९, ०४:०५ खबर संवाददाता

मोरङ : विराटनगरको कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएको घटना बाहिर आएको छ।

मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेको बताइएको छ।  स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उनले बताएका छन्। प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेको छ।

उता सहकर्मीमाथि कुटपिट गरी घाइते बनाएपछि  कुटपिटमा संलग्नलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन्।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको बताएका छन्। 

उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।  


 

कमेन्ट लोड गर्नुस