सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठक बस्दै

२०७८ जेठ १९, ११:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठक आज बस्दैछ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीका अनुसार दिउसो १२ बजे प्रदेश मन्त्रीपरिषदको बैठक बस्दैछ। 

प्रदेश मन्त्रीमण्डल विस्तार तथा हेरफेरपछि दोस्रो पटक बस्न लागेको आजको बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीत हुने उनले बताइन्। कोरोना भाइरसको संक्रमणको त्रास देखाउदै प्रदेश सभा समेत सञ्चालन भएको छैन्। प्रदेश सरकारले बजेट अधिवेशनका लागि प्रदेश सभामा पत्र नपठाएको हो।

आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति, कार्यक्रम तथा बजेटको बिषयमा प्रदेश सरकार अझै अन्योलमा छ। 
 

कमेन्ट लोड गर्नुस