सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिलिन्डर विस्फोट हुँदा ३ बालकसहित ८ जनाको मृत्यु

२०७८ जेठ १९, १०:५१ खबर संवाददाता

काठमाडौं : सिलिन्डर विस्फोट हुँदा भारतमा ३ बालकसहित ८ जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको गोंडा जिल्लास्थित वजीरगञ्ज क्षेत्रको टिकरी गाउँमा मंगलबार राति सिलिन्डर बिस्फोट हुँदा ३ बच्चासहित ८ जनाको मृत्यु भएको हो।

उक्त बिस्फोटमा अन्य ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार हुँदैछ। विस्फोटमा घाईते भएका १४ जनालाई अस्पताल लगिएकोमा ७ जनाकोे मृत्यु भएको अस्पतालले घोषणा गरेको हो भने एक जनाको शव निकालिएको हो।

विस्फोटमा ३ बच्चासहित २ महिला, २ पुरुष तथा एक युवकको मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस