सुदूर नेपाललाई विश्वसँग जोड्दै

थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ : एमाले

२०७८ जेठ १९, ०६:०६ रासस

नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ। 

 पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनी नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र  दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ। 

एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ।
 

कमेन्ट लोड गर्नुस