सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीद्धारा कपडा र किराना समान बरामद

२०७५ कार्तिक ५, ०७:२६ खबर संवाददाता

सशस्त्र प्रहरीले अवैध रुपमा भित्र्याउदै गरेका कपडा र किरानाका समान बरामद गरेको छ। राजश्व तथा भन्सार गस्ती सुरक्षा कैलाली नम्बर ५३ गुल्मबाट  सशस्त्र प्रहरी नायब नीरिक्षक जय बहादुर महराको नेतृत्वमा खटिएको टोलीले ५९ हजार ६ सय मूल्य बराबरका  कपडा र किरानाका समान बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले धनगढी उप–महानगरपालिका वडा नम्बर २ को भन्सार रोड क्षेत्रबाट भन्सार छलेर भारतबाट ल्याउदै गरेको कपडा र किराना समान महरा नेतृत्वको टोलीले बरामद गरेको जानकारी दिए।

उनका अनुसार १९ हजार दुई सय मूल्य बराबरको पाइन्टको अस्त्र,१२ हजार बराबरको कोटको अस्त्र, सात हजार बराबरको सेतो मार्जिन कपडा, पाँच हजार बराबरको कोटको सोल्डर, सल, धोति, चिनि, दाल लगायतका समान बरामद गरिएको हो।

बरामद गरिएका  कपडा र किरानाक समान आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले भन्सार कार्यालय कैलालीमा बुझाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस