सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १८, ०६:०७ रासस

नयाँ दिल्ली: कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन्।

भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ।

भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा २ हजार ७९५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ।

यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख ३१ हजार ८९५ जनाको ज्यान गएको छ । भारतमा हाल कोभिड–१९ का १८ लाख ९५ हजार ५२० व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्।

भारतमा सक्रिय संक्रमित २० लाख भन्दा कम भएको ४३ दिन यताको पहिलो पटक हो।

भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो।

विगत २४ घण्टामा २ लाख ५५ हजार २८७ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ।

भारतमा हालसम्म ३४ करोड ६७ लाख ९२ हजार २५७ व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ।

भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो। मन्त्रालयका अनुसार हालसम्म कुल २१ करोड ६० लाख ४६ हजार ६३८ डोज खोप लगाइएको छ । 

कमेन्ट लोड गर्नुस