सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन विद्यालयमा एलआरआईको सहयोग

२०७५ कार्तिक ५, ०६:५८ खबर संवाददाता

एलआरआई विद्यालय काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुले कैलालीका तीन विद्यालयमा पुस्तक सहयोग गरेका छन्। विद्यालयमा नाटक मञ्चन गरेर संकलन भएको रुपैयाँले पुस्तक खरिद गरि पुस्तक वितरण गरिएको हो।

कैलालीको गौरीगंगा नगरपालिकाको महालक्ष्मी आधारभूत विद्यालय, चनौरा स्थित केदारेश्वर आधारभूत विद्यालय र गोदावरी नगरपालिकाको अत्तरिया स्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकालय स्थापनाका लागि  पुस्तक वितरण गरिएको एलआरआईमा कक्षा ९ मा अध्ययनरत दीपाङ्सु जोशीले बताईन्। दसैँ अघि ‘टुटेको सपना’ शीर्षकमा नाटक मञ्चन गरेर सो रकम संकलन गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस