सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट वरिष्ठ अर्थशास्त्री डा.थापाको निधन

२०७८ जेठ १८, १२:४३ खबर संवाददाता

कोरोनाबाट वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको निधन भएको छ। डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजे निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए।

थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए।

अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय थापा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए। कास्कीका स्थायी बासिन्दा उनी हाल भने राजधानीको बसुन्धरामा बस्दै आएका थिए। थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।
 

कमेन्ट लोड गर्नुस