सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरीका कारण विद्युत अवरुद्ध

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १८, १०:४८ खबर संवाददाता

धनगढीः धनगढीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगतका ६ वटै फिडरमा विद्युत सेवा अवरुद्ध भएको हो। भन्सार फिडमा भने विद्युत सेवा सुचारु भएको छ। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार मंगलबार बिहानको हावाहुरीका कारण १० बढी विद्युतको पोल ढलेका छन्। धेरै ठाउँमा विद्युतका तार चुडिएका छन्। उनका अनुसार प्राधिकरणको तीन समूह विद्युत लाइन मर्मतको काम गर्दै छ। 
केहि क्षाेत्रमा साँझसम्म मर्मतकाे काम सकिएपनि धनगढी वितरण केन्द्रको सबै क्षेत्रमा विद्युत मर्मत गर्न झण्डै तीन दिन लाग्ने देखिएको छ। 
 

कमेन्ट लोड गर्नुस