सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आगलागी, ८१ लाखको क्षती भएको दावी

२०७५ कार्तिक ५, ०३:५९ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्वर २ मा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजको गोदाममा आगलागी भएको छ। गणेश लक्ष्मी र सरस्वती इन्टरप्राइजेजको माथिल्लो तलामा रहेको जुत्ताको गोदाममा आगलागी भएको हो। एक्कासी दिउँसो करिब पौने चार बजे आगलागी भएकोमा झण्डै एक घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका ४ वटा दमकलको सहयोगले आगो नियन्त्रणमा आएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने बताए। गणेश लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक प्रेम गौतमले आगलागीका कारण झण्डै ८१ लाखको क्षती भएको बताए। वडा प्रहरी कार्यालय कैलालीका ईन्चार्ज प्रहरी निरिक्षक वकिल वहादुर सिंहले गोदावमा रहेको २५ प्रतिशत सामान मात्रै जलेको बताए।  

 

 

कमेन्ट लोड गर्नुस