सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लडेर एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १७, ०६:४४ खबर संवाददाता

धनगढीः कैलालीमा लडेर एक जनाको मृत्यु भएको छ। 

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय जंग बहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कैलालीले जनाएको छ। 

आइतबार राति लडेर घाइते भएका उनलाई उपचारका लागि स्थानिय स्वास्थ्यचौकी भल्कामा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको कैलाली प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस