सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार सेती प्रादेशिक अस्पतालमा ३८ जनामा कोरोना पुस्टि

२०७८ जेठ १७, ०४:४९ खबर संवाददाता

धनगढीः सोमबार सेती प्रादेशिक अस्पतालमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा अस्पतालमा २८१ जनाको नमुना परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुस्टि भएको हो, भने २४३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सोमबार संक्रमित मृतकको संख्या शुन्य छ। पछिल्लो २४ घण्टामा ६ जना निको भएर घर फर्केका छन् भने थप १० जना नयाँ संक्रमित भर्ना भएका छन्। 

हाल अस्पतालमा ५१ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १६ जना आईसीयूमा  ३ जना भेन्टिलेटरमा र ३३ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको सेती प्रदेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस