सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोटले थाल्यो समुदायस्तरमा एन्टिजेन परीक्षण

। फोटो स्रोत ।
२०७८ जेठ १७, १२:५१ खबर संवाददाता

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिकाले समुदायस्तरमा एन्टिजेन परीक्षण गर्न थालेको छ। 

नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट समुदायस्तरमै एन्टिजेन परीक्षण गर्न थालेको हो। आज नगरपालिकाको वडा नम्बर १ स्थित रडाहा स्वास्थ्य कार्यालयमा एन्टिजेन परीक्षण गरिने नगर प्रमुख चन्दले बताएका छन्। 

एन्टिजेन परीक्षणका लागि आफूलाई कोरोना भाइरसको लक्षण देखिएको वा संक्रमणको शंका लागेकाहरुले स्वस्फूर्त रुपमा परीक्षण गराउन सक्ने उनले बताए। यसैगरी भोलि वडा नम्बर २ र ३ मा परीक्षण गरिने नगर प्रमुख चन्दले बताएका छन्। यस्तै नगरपालिकाले हप्ताको दुई दिन आइतबार र बुधबार पीसीआर परीक्षण पनि गर्दै आएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस