सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ढलेकै पोलबाट विद्युत प्रवाह हुँदा दुर्घटनाको जोखिम (फोटो फिचरसहित)

२०७८ जेठ १७, ११:३१

वीरेन्द्र भट्ट

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्वर १३ गेटामा विद्यूतको पोल ढलेको एक महिना पुग्नै लाग्दा पनि प्राधिकरणले कुनै ध्यान दिएको छैन।

घरको आँगनमै पर्ने गरी विद्युतको पोल ढलेको भएपनि पटक–पटक विद्युत प्राधिकरणलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय खेमराज जोशीले गुनासो पोखे।

ढलेको पोलबाटै विद्युत् प्रभाव भइरहेको अवस्थामा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका हुन्।

तर विद्युत प्राधिकरण धनगढीले भने सडक किनारमा रहेको जग्गा धनीले पोल गाड्न नदिएपछि समस्या भएको बताएको छ।

विद्युत प्राधिकरण धनगढीका प्रमुख सुरेन्द्र चौधरीले स्थानीयले नै अवरोध गरेकाले ढलेकै पोलबाट विद्युत प्रवाह गर्नु परिरहेको दाबी गरे।

कमेन्ट लोड गर्नुस