सुदूर नेपाललाई विश्वसँग जोड्दै

शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनायो

२०७८ जेठ १७, १०:४५ खबर संवाददाता

कञ्चनपुरः शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाएको छ।

‘महिलाको सुरक्षा र अधिकार संकटकालिन व्यस्थापन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डाचोकीमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि मुलुकका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गरी दिवस मनाइएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका इन्चार्ज सञ्जीत सिंहले बताए।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकी, समाजसेवी, बुद्धिजिवी, महिला अधिकारकर्मी, पत्रकारका साथै संस्थाका कर्मचारीहरूहरूको उपस्थिति रहेको थियो। 

दिवसका अवसरमा सचेतनामुलक व्यानर प्रदर्शन गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस