सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको नक्कली औषधि बेच्ने आरोपमा ३५० जना पक्राउ

२०७८ जेठ १७, ०८:३१ खबर संवाददाता

काठमाण्डौँ :  कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन्।

भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको छ। उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन्।

कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो। भारतमा बितेको चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांक छ।
 

कमेन्ट लोड गर्नुस