सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपप्रधानमन्त्री पोखरेलबाट थापाको स्वास्थ्य स्थितिबारे जानकारी

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १६, ०६:२१ रासस

काठमान्डौँ: उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।  

उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका थिए।
 
“सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौ”– उपप्रधानमन्त्री पोखरेलले भनेका थिए। 

कोरोना सड्क्रमति थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस